बहराइनका प्रधानमन्त्री खलिफाको निधन


काठमाडौं, २६ कार्तिक । बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ । उनको मृत्युको कारणबारे हालसम्म बहराइनको राजदरबारले कुनै विषय सार्वजनिक गरेको छैन ।बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जनाएको छ ।

उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले जनाएको छ । खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए। हालसम्म पनि उनी प्रधानमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्