कुलमान घिसिङको समर्थनमा बेलबारीमा युवाहरूले राखे होडिङ बोर्ड


बेलबारी, २६ कार्त्तिक । बेलबारीमा उज्यालो नेपाल समर्थन बेलबारी नगर समाजले कुलमान घिसिङको होडिङ बोर्ड राखेका छन् । कुलमान घिसिङको समर्थनमा स्थानीय युवाहरूले बेलबारी वाड नं. १ होडिङ बोर्ड राखेका हुन ।

हाम्रोलाई होइन, राम्रोलाई साथ र सम्मान गर्नु पर्ने सोचमा उज्यालो नेपालका नायक कुलमानको समर्थनमा होडिङ बोर्ड राखिएको उज्यालो नेपाल समर्थन बेलबारी नगर समाजका अध्यक्ष सुजित बस्नेतले बताए ।

नेपाल समर्थन बेलबारी नगर समाजका अनुसार कुलमानको मूर्ति पनि राखिने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्