पथरीमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनले अक्सिजन प्लान्ट निर्माण गर्ने


पथरी,२७ कात्तिक । पथरी शनिश्चरे नगरपालिकामा नगर अस्पतालका लागि अमेरिका नेपाल मेडिकल फाउण्डेशनले अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ ।

फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगरपालिका स्थायी घर भई वीर अस्पताल काठमाडौंका पूर्व निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतको पहल तथा पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहितको नगरपालिकाको प्रयासमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको हो ।

पथरी नगर अस्पतालमा करीब ५० शैय्यालाई पुग्ने अक्सिजन प्लान्ट निमार्णका लागि शुक्रबार फाउण्डेशनका प्राविधिकहरुले सर्भे गरेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्