प्रदेश १ मा २३१ जना कोरोना संक्रमित थपिए : ६२५ डिस्चार्ज

विराटनगर, २९ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ ।
प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् ।  झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् ।
झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बा¥हदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६३, रतुवामाईमा ६, कटहरीमा ४, रंगेलीमा ३, उर्लाबारीमा २, ग्रामथान, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २२, इटहरीमा ६, बराहक्षेत्र, इनरुवा र कोशी गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता इलामको चुलाचुलीमा २, इलाममा १, ते¥हथुमको म्याङलुङमा २,  उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ ।
प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्