महाप्रभू ज्योती नन्द गुरूको ६३ औ जन्म जयन्ती सम्पन्न


काठमाडौ,८ मंसिर । प्रेमबादी विश्वव्यापी मञ्चको अनलाईन ४२ औं जुम अन्तराष्ट्रिय कार्यक्रम मार्फत “ सिद्ध पूरूष महाप्रभू ज्योती नन्द गुरूको ६३ औ जन्म जयन्ती सम्पन्न भएको छ ।

प्रेमबादी विश्व व्यापी मञ्च र युनिभर्स पिस सेम्ङ गुरू नेपाल फाउन्डेशनको आयोजना र हेभेन्ली रनिर्भाणा पाथ स्पिरिचुअल एस्सेमेबली ( गुरू सर्कल) को संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अक्ष्यक्ष माननीय आर के खम्बुले समसामयिक राजनैतिक तथा देशको स्थितिको बारेमा पनि सटिक यथार्थ मन्तव्य राख्दै आयोजकबाट चढाईएको माग महाप्रभू ज्योति नन्द गुरूलाई पनि राष्ट्रिय विभूति घोषणा गरियोस् भन्नेमा सक्दो पहल गर्ने बताएका छन् ।

हेभेन्लीर निर्भाणा पाथको ज्ञान र दर्शनलाई विश्व भरी पुर्याउन हरेक आईतबार साँझ ५ बजे निरन्तर संचालनमा आएको जुम भर्चुअल कन्फेरेन्सलाई सम्बोधन गर्दै महाप्रभू ज्योती नन्द आबद्द सँस्थाका पुर्व महासचिब मनिश्वर राईले समाज सुधार तथा मानब चेतना विकासमा ज्योति नन्द गुरू जस्ता सिद्द गुरूहरुको योगदानले मानव समाज लाभान्वित भएको बताएका छन् ।

हेभेन्ली पाथमा आबद्द विश्वभरीका करिब १५ देशबाट सहभागि रहेका थिए । कार्यक्रममा संयोजक सेमिङ गुरू नेपालले गरेका थिए भने शंकर मुखियाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्