पूर्व प्रधानमन्त्री डा.भट्टराई दम्पती कोरोना मुक्त


काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् । नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो । सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्