पत्नीको हत्या गर्ने भण्डारी पक्राउ


झापा,८ मंसिर । झापाको कमल गाउँपालिकामा पतिले पत्नीको हत्या गरेका छन् । हत्या आरोपमा कमल गाउँपालिका–६ का ४७ वर्षीय चूडामणि भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार अपरान्ह करिब साढे ५ बजेतिर पत्नी ३९ वर्षीया टीकादेवी पौडेललाइ खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भइको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । टीकादेवी छिमेकी दकम नगरपालिका–२ प्रकाशचन्द्र दाहालको खेतमा धान उठाउन गएकी थिइन् ।

उनले आवेशमा आएर टीकादेवी र दाहाललाई नै खुकुरी प्रहार गरेका थिए तर पत्नी टीकादेवीको मात्रै मृत्यु भएको छ । घाइते दाहालको दमकस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको छ । घटना किन घटाइएको हो भन्ने विषयमा खुल्न नसकेको इप्रका दमकले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेकाले थप विवरण चाँडै नै खुल्ने इप्रका दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

एक स्थानीयका अनुसार पत्नीलाई अन्यसँग लागेको आशंका गरेका छन् तर प्रमाणित हुने आधार हालसम्म नभएकाले प्रहरी अनुसन्धानबाटै सबै कुरा खुल्न सक्ने ती स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्