गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा,८ मंसिर । झापाको बिर्तामोड नगरपालिका–३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

आइतबार साँझ सवा ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरोको ठक्करले पैदलयात्री तेह्रथुम आठराई गाउँपालिका–६ का २५ वर्षीय केवल खवासको ज्यान गएको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करले उनी गम्भीर घाइते बनेका थिए ।

उनलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा केही समय नबित्दै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय झापाले जनाएको छ । बोलेरो र चालकलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्