बेलबारी जेसिसकाे पाँच दिने सेल्फ मेकअप तालिम        


बेलबारी, ८ मंसिर । समाज परिवर्तन गर्न पहिला आफैमा परिवर्तन ल्याउनुपर्छ भन्न अभिप्रायकारसाथ बेलबारी जेसिसले पाँच दिने सेल्फ मेकअप तालिम सञ्चालन गरेको छ ।

बेलबारी २, लालभित्तीमा रहेको शिक्षा सन्देश इ स्कुलको सभाहलमा सम्पन्न तालिमको उद्घाटन बेलबारी नगरपालिका कार्यपालिका सदस्य खिनामाया बस्नेतले गरेकी थिइन ।

सो कार्यक्रममा बेलबारी नगरकार्यपालिका सदस्यहरू विन्दुकला गुरुङ, गीता सिवा, श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइराला, बेलबारी जेसिसका निवर्तमान अध्यक्ष दीपेन्द्र खुलाल, मायालु हातकी अध्यक्ष लगायतकाले सहभागिता रहेको थियो ।

पाँच दिने तालिम नगरभरिका झन्डै चार दर्जन जति महिला तथा किशोरीहरूले सहभागिता रहेको बेलबारी जेसिसका अध्यक्ष राजेश खत्रीले जानकारी दिए ।

उद्घाटन सत्रलाई उद्घाटन गर्दै प्रमुख अतिथि बेलबारी नगरकार्यपालिका सदस्य खिनामाया थापाले बताइन । पाँच दिने तालिमको सहजीकरण भने जिना राईले गरिरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्