बेलबारीमा लेट्स ईन्टरटेनमेन्टको आयोजनामा “लेट्स गजल महफिलमा जे बी थुलुङ” कार्यक्रम हुने


बेलबारी, ८ मंसिर । बेलबारीमा एकल गजल प्रस्तुति हुने भएको छ । लेट्स ईन्टरटेनमेन्टको आयोजनामा “लेट्स गजल महफिलमा जे बी थुलुङ” कार्यक्रम शुक्रवार बेलबारीको वाड नं. ३ स्थित ड्रिमल्यान्ड फन पार्कमा हुन लागेको हो ।

साहित्य तथा कलाको विकास तथा प्रवर्धनको लागि गजल महफिल गर्न लागेको कार्यक्रमका संयोजक विकास बुढाथोकीले बताए । कार्यक्रममा थुलुङको गजल संग्रह “नथाक्ने मान्छे”मा भएका रचनाहरू बचन गर्ने र गीत प्रस्तुत गर्ने बुढाथोकीले जानकारी दिएका छन् ।

स्थानीय कलाकार तथा स्रष्टाहरूको प्रस्तुति हेर्न र सुन्न सम्मान स्वरूप आर्थिक सहयोग गर्ने संस्कारको पनि विकास गर्नु पर्ने बुढाथोकीको मत रहेको छ । सोही अनुसार ३ मूल्यको फरक फरक टिकटको पनि व्यवस्था रहेको उनले जनाए । दर्शकको सीमित सङ्ख्याको सहभागितामा मात्र कार्यक्रम गर्ने भएको हुँदा अग्रिम टिकट काट्न बुढाथोकीको अनुरोध रहेको छ । बुढाथोकीका अनुसार दिउसो ५ः१५ देखी साँझ ७ः३० बजे सम्ममा कार्यक्रम सम्पन्न हुने छ । कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको उनले बताए ।

कार्यक्रमलाई सफल बनाउन अग्रिम टिकट काटी मङ्सिर १३ गते शुक्रवारको दिन लेट्स गजल महफिलमा जे बी थुलुङ कार्यक्रममा सहभागी हुन संयोजक बुढाथोकी तथा स्रष्टा थुलुङको सबैलाई आग्रह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्