भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि नेपाललाई दियो निम्तो


काठमाडौं, १२ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि निम्तो दिएका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका श्रृगंलाले बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षबीचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका लागि निम्तो दिएका हुन् । भारतीय विदेश सचिवले नयाँ दिल्लीमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको निम्तो ज्ञवालीलाई हस्तान्तरण गरेको स्रोतले जानकारी दिएको छ ।

सीमा विवाद कसरी समाधान गर्ने भन्ने विषयमा पनि द्विपक्षीय छलफल भएको थियो । भारतीय विदेश सचिव र परराष्ट्रमन्त्री ज्ञवालीको भेटमा सीमाका सम्बन्धमा दुवै पक्षले आफ्ना दृष्टिकोणहरु शेयर गर्दै यसलाई उपयुक्त च्यानलबाट अगाडि बढाउने कुरा भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्