बेलवारीमा कोरोनाका कारण एक पुरुषको मृत्यु


बेलवारी, १२ मंसिर । बेलवारी नगरपालिकाका ७५ बर्षीय पुरुषको गए राति ९ बजे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सह प्रवक्ता डा. आशिष श्रेष्ठले जनाएका छन् ।

मृतकलाई दीर्घ रोग मधुमेह र रक्तचाप रहेको जनाएको छ । यो सँगै प्रतिष्ठानमा कोभिङ संक्रमणका कारण १ सय १३ को मृत्युको संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्