ठकुरी समाज महासङ्घको दोस्रो साधरण सभा सम्पन्न


माघ २८ । केराबारी गाउँपालिकाको विभिन्न वडामा छरिएर रहेका ठकुरीहरूको साझा संस्था ठकुरी समाज महासङ्घ केराबारी गाउँपालिका कमिटीको दोस्रो वार्षिक साधरण सभा आइतबार सम्पन्न भएको छ ।

केराबारी ८ स्थित हजारविघा सामुदायिक वन समितिको सभाहलमा भएको सो वार्षिक साधरण सभामा संस्थाका महासचिव किशन शाहीले ठकुरीहरूलाई एकजुट गर्दै आफ्नो भाषा धर्मसस्कृतिको संरक्षणमा अगाडी बढाउन आवश्यक रहेको बताउँदै ठकुरीको अस्तित्व रक्षाको लागि सङ्गठन आवश्यक भएको प्रतिवेदन पेस गर्नुभएको थियो । भने आ.व. ०७४÷०७५ मा महासङ्घले ४ लाख १९हजार ७२ रुपैयाँ बराबरको आयव्याय सहितको प्रतिवेदन महासङ्घका कोषाध्यक्ष पुष्प बहादुर हमालले पेस गर्नुभएको थियो ।

२०६७ सालमा तत्कालीन अध्यक्ष सुरेन्द्रबहादुर जीउ ठकुरीको अध्यक्षतामा गठन भएको सो संस्था मोरङ जिल्लामा नै पहिलो पटक गठन भएको सो संस्थामा झन्डै १सय बढी घरपरिवारका ठकुरीहरू आबद्ध रहेका र केराबारीको वडा नं.२ सिंहदेवीमा प्रर्वेली ठकुरीहरूको थालथलो रहेको छ । महासङ्घका अध्यक्ष उत्तमविक्रम मल्लको सभापतित्व र महासङ्घ केन्द्रीय सदस्य राजेन्द्र खाणको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वडा नं.९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्ल, महासङ्घ पथरी शनिश्चरेका अध्यक्ष राजेन्द्र शाही, समाजसेवी पृथ्वीराज खाण लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उत्कृष्ट दम्पती,जेष्ठनागरीक र एकल महिला सम्मानित

यसैबिच ठकुरी समाज महासङ्घ केराबारीले विगत वर्षमाझै यस वर्ष पनि संस्थाको दोस्रो वार्षिक साधरण सभा तथा सम्मान कार्यक्रममा विभिन्न व्यतिmहरुलाई सम्मान गरेको छ । ठकुरी समाज महासङ्घमा आबद्ध भई उत्कृष्ट दम्पतीको रूपमा केराबारी ९ निवासी ललितबहादुर शाही र तिलक कुमारी शाहीलाई उत्कृष्ट ज्येष्ठ ठकुरी दम्पतीको रूपमा सम्मान तथा अभिनन्दन गरिएको छ ।

कार्यक्रममा ठकुरी ज्येष्ठ पिताको रूपमा केराबारी २ सिंहदेवीका बमप्रसाद शाही र त्यसै गरी ९४ वर्षीय एकल महिला विष्णुमाया ठकुरीलाई ज्येष्ठ माताका रूपमा सम्मान तथा अभिनन्दन गरिएको छ । कार्यक्रममा चालु वर्षमा सर्वोत्कृष्ट जिपिए ल्याई एसईर्ईउतिर्ण हुने केराबारी १०का चेतन शाही, रेजिना ठकुरीलाई उत्कृष्ट विद्यार्थी रूपमा सम्मान गरेको छ । भने ठकुरी संस्थामा आबद्ध नियमित कारोबार गर्ने मिलनबाबु मल्ल,जानुका मल्ल र जानुका श्रीनेत ठकुरी सहित २०७५को देउसी भैलो कार्यक्रममा उत्कृष्ट रकम सहयोग गर्ने केराबारी १० का जेपी मल्ल, विष्णवहाुदर शाही, प्रवीणसिंह ठकुरी, केराबारी ३ का डम्बर मल्ल, लेटाङ २ का गणेश मल्ल सहित दुई दर्जन बढी दाताहरूलाई उत्कृष्ट दाताको रूपमा सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सामाजिक दायित्व अन्र्तगत ठकुरी समाज महासङ्घले विभिन्न व्यक्तिको उपचारार्थ आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरी उपचारामा सहयोग पुरयाएको बताउँदै काबिल ठकुरी बचाउ अभियान अन्र्तगत केराबारी हङकङ समाजका प्रतिनिधि गणेश राना र रविन लिवांग लिम्बुले सङ्कलन गरी पठाएको १५हजार केराबारी १० घर भई हाल कुवेतमा रहेका खेमराज राना मगरले पठाउनुभएको ७हजार ५सय पाँचथर दुरदिम्बा घर भई पोर्चुगलमा रहेका मानिस गौतमले पठाउनुभएको ५हजार सहित विभिन्न व्यतिmबाट सङ्कलित भएको ३०हजार ५५ रुपैयाँ रकम विरामीबालकका हजुरबुबालाई हस्तान्तरण गरेको छ । यसअघि लेटाङ न.पा २ घर भई हाल मलेसियामा रहेका गणेश मल्लले विभिन्न व्यक्तिबाट सङ्कलन गरी पठाउनुभएको ३४ हजार २ सय ७२ रुपैयाँ रकम यसअघि नै हस्तान्तरण गरेको छ । संस्थाले सबै ठकुरी परिवारलाई असल इमानदार र समाजप्रति जिम्मेवार नागरिक तयार गर्न गत वर्षदेखि उत्कृष्ट दम्पतीको खोजी गरी सम्मान गर्दै आएको र आगमी दिनमा असल बुहारी र सासूलाई समेत सम्मान गर्ने कार्यको थालनी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्