केरावारीमा १५ बेडको आधारभूत अस्पतालको शिलान्यास


केराबारी,१५ मंसिर । मोरंगको केराबारी गाउँपालिकाले स्वास्थय चौकी परिसरमा १५ बेडको आधारभूत अस्पतालको शिलान्यास गरेको छ ।
२ वर्षभित्र निर्माण सम्पन्न हुने गरी रु १८ करोडको लागतमा निर्माण हुन लागेको सो अस्पतालको संघिय सांसद घनश्याम खतिवडाले शिलान्यास गरेका छन् ।

भवन शिलान्यास कार्याक्रममा सांसद खतिवडाले तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्न आफनो तर्फबाट गर्नुपर्ने जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताउदै केराबारीकोविकासका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
केराबारी गाउँपालिकाको स्वास्थ संस्थाको परिसरभित्र १५ वेडको आधारभूत अस्पताल निर्माणका लागि संघिय सरकारले १८ करोड बजेट छुट्याएको केराबारी गाउँपालिकाका प्रबक्ता जंगराज खवासले बताएका छन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउँन निर्देशन दिदै आवश्यक तयारी गरेपछि सोमबार प्रदेश १ को दर्जनौं स्थानीय तहमा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।मुलुकभरका ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अझै अस्पताल रहेका छैनन् ।

प्रदेश नं.१ को ३२ स्थानीय तहमा भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको र सो आधारभूत अस्पतालबाट बालबालिका तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक सहित ३ जना चिकित्सकहरुको दरबन्दि रहने र सो अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा उपचार उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चम्लागाईले बताए ।

भवन शिलान्यास कार्याक्रममा गाउँपालिका अध्यक्ष रोहित वहादुर कार्कीले, उपाध्यक्ष शान्तिकुमारी लिम्बू भूजेल,प्रमुख प्रशासकिय अधिकृत होमप्रसाद पौड्याल,नेकपाका प्रदेश कमिटि सदस्य डिल्लीराम शर्मा अधिकारी,लगायतको उपस्थिती रहेको थियो ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट विनियोजन गरेअनुसार पाँच शैयाको लागि रु ७० लाख, १० शैयाका लागि ८५ लाख र १५ शैयाको हस्पिटलका लागि रु एक करोड पठाइसकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्