बलिउड गायक आदित्य वैवाहिक जीवनमा बाँधिए


काठमाडौँ, १७ मंसिर । बलिउडका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झा मंगलबार वैवाहिक जीवनमा बाँधिएका छन् ।

आदित्यले प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका हुन् । आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनका शुभचिन्तकहरुले तस्बिरहरुमाथि प्रतिक्रिया व्यक्ति गर्दै दुवै जोडी मिलेको प्रतिक्रिया दिएका छन् ।

आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बनधमा थिए । दुवैले ‘सापित’ नामक चलचित्रमा एकसाथ काम समेत गरेका थिए । उक्त फिल्मको निर्देशन विक्रम भट्टले गरेका थिए । विवाहमा आदित्य र श्वेताका निकट साथीहरु र नातेदारहरुलाई मात्र निमन्त्रणा गरिएको थियो ।
आदित्य नारायणका बाबा गायक उदित नारायण झा पनि विवाहको आनन्द लिइरहेको तस्बिरमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्