चीन र नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नपर्ने ः प्रवक्ता चिनयुङ


काठमाडौं, १८ मंसिर । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेकी छिन् ।

उनले भारततर्फ इशारा गर्दै यो सम्बन्धले अरुलाई हानी नगर्ने भएकाले तेस्रो पक्ष सशंकित हुनु नपर्ने स्पष्ट पारिन् । उनले नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको समेत बताइन् ।चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन प्रतिवद्ध रहेको भन्दै प्रवक्ता होउले बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पु¥याउन काम गर्न चीन तयार रहेको स्पष्ट पारिन् ।

उनले हालै उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण र विगतमा भएका सहयोग तथा सहकार्यले पनि दुवै देशको सम्बन्ध स्पष्ट भएको बताइन् । पछिल्लो समय भारतले नेपाल र चीनबीचको सम्बन्धप्रति चासो देखाउँदै आएका बेला त्यसतर्फ संकेत गर्दै प्रवक्ता होउले नेपाल चीन सम्बन्धको बारेमा धारणा सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्