एन प्याव्सन स्पोर्टस्को उपाधि पिनाकललाई


बेलवारी ३ फागुन । एन प्याव्सन मोरङले आयोजना गरेको दोस्रो एन प्याव्सन स्पोर्टस्को उपाधि कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ ।

मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा बिहीबार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र ७ कांस्यका साथ १३६ अङ्क हासिल गर्दै एथलेन्टीक्स खेलतर्फको उपाधि हात पार्न सफल भएको हो । त्यस्तै मिक्लाजुङको निर्मल सिद्धार्थ इंलीस स्कुलले ५ स्वर्ण १५ रजत र १४ कांस्यका साथ ९८ अङ्क प्राप्त गर्दै दोस्रो उपाधि हासिल गरेको छ त्यसै गरी ग्रामनाथको बुद्ध इंलिस स्कुलले ८ स्वर्ण ३ रजत र २ कांस्य साथ ५३ अङ्क प्राप्त गर्दै तेस्रो उपाधि हासिल गरेको छ । भलिबल छात्र तर्फ ग्रामनाथको बुद्ध इंलिस स्कुल प्रथम कसेनी मोडल स्कुल बेलवारी दोस्रो र मिक्लाजुङको निर्मल सिद्धार्थ इंलीस स्कुलले तेस्रो उपाधि हात पारेका छन् ।

भलिबलकै छात्रा तर्फ माउण्ट हर्मन प्रथम मोरङ ज्ञानोदय बेलवारी दोस्रो र पिनाकल ज्ञान मन्दिर कानेपोखरीले तेस्रो उपाधि हासिल गर्न सफल भएका छन् । कवड्डी जुनियर छात्रतर्फ मोरङ ज्ञानोदय प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो र सगरमाथा इंलीस स्कुलले तेस्रो उपाधि हासिल गरे भने जुनियर छात्रातर्फ माउण्ट हर्मोन प्रथम, बुद्ध ईलिस स्कुल दोस्रो र डाँगिहाट लिटल बुद्धले तेस्रो उपाधि हात पर्न सफल भए भने कवड्डी सिनियर छात्रातर्फ निर्मल सिद्धार्थ प्रथम पिनाकल ज्ञान मन्दिर दोस्रो र मोरङ ज्ञानोदय तेस्रो स्थान हासिल गर्न सफल भए ।

विजेता टिमलाई एनप्याव्सन प्रदेश नम्बर १ का अध्यक्ष जय बहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । स्पोर्टस् मिटमा मोरङमा एनप्याब्सन सँग आबद्ध निजी स्कुलबाट करिब २ हजार विद्यार्थी खेलाडीहरूको प्रत्यक्ष सहभागी रहेको खेल एन प्याव्सन जिल्ला सचिव नारायण प्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्