बेलबारी साहित्य विकास समितिको अध्यक्षमा तिल लेकाली निर्वाचित


बेलबारी, २० मंसिर । बेलबारी साहित्य विकास समितिको अध्यक्षमा तिलकुमारी न्यौपाने गौतम (तिला लेकाली) निर्वाचित भएकी छिन । शनिवार बेलबारी वाड नं. १ स्थित मदनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा भएको तेस्रो वार्षिक साधरण सभाबाट तिला लेकाली अध्यक्षमा निर्वाचित भएकी हुन ।

उपाध्यक्षमा रमेश निरौला, लक्ष्मी रेग्मी सुवेदी, सचिव धनजित पराजुली, सह-सचिव विमला सुवेदी कोषाध्यक्षमा पार्वती बराल, सह-कोषाध्यक्ष गणेश लामा र ५ सदस्यसहित १३ सदस्य कार्य समिति निर्वाचित भएका छन् । ३ सदस्य लेखा समितिमा राजेन्द्र कार्की संयोजकमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्