प्रदेश–१ का एक–दुई स्थानमा हल्का वर्षा हुने


काठमाडौं, २१ मंसिर । आज (आइतबार) दिउँसो प्रदेश–१ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।यस्तै राति भने प्रदेश–१ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश–१ का एक–दुई स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्