“लुटन सके लुट कान्छा” भन्दै नाचे नवसोच समूहका युवाहरु (भिडियो सहित)


ऋषि राई – बेलबारी, ७ फागुन । पशुपति शर्माको ‘लुट्न सके लुट” बोलको गीत युट्युबबाट हटाउन बाध्य पारिएकाले देशैभरि जनस्तरमा आक्रोश बढेको छ ।

देशभरि विभिन्न सङ्घसंस्था तथा स्वतन्त्र युवाहरूले सडकबाट खबरदारी गरिरहेको बेला बेलबारीका सामाजिक संस्था नवसोंच युवा समूहले पनि अभिव्यक्ति स्वतन्त्र रक्षा गर्न पशुपति शर्माको गीत “लूटन सके लुट कान्छा” सार्वजनिक स्थानमा बजाएर शान्तिपूर्ण विरोध गरेको छ ।

नव सोच युवा समूहका अध्यक्ष आशिष गुरुङले नेपाली जनताको लामो सङ्घर्ष, आन्दोलन, बलिदानबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ राज्य गम्भीर हुनुपर्ने र पशुपति शर्माले समाजको यथार्थ चित्रण आफ्नो गीतमार्फत गरेको बताए ।

विरोध कार्यक्रम बेलबारी वडा-३ मालपोत चोकमा सोमबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म भएको थियो। कार्यक्रममा सहभागीहरूले गीत बजाएर नाचेर पशुपति शर्माको गीतको समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्