ईरानराईको व्याङ्ग्यनिबन्धसङ्ग्रह ‘कट्टु’ को तेस्रो संस्करणको आवरण लोकार्पण

बेलबारी, ३ पुस । ईरानराईको व्याङ्ग्यनिबन्धसङ्ग्रह ‘कट्टु’ को तेस्रो संस्करणको आवरण लोकार्पण भएको छ । छावा प्रकाशन बेलबारीको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा आवरण लोकार्पण तथा विमर्श कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

सांस्कृतिक, सामाजिक, राजनीतिज्ञ पाटोमा रहेको विकृति, विसंगती हरुको निर्मलीकरण गर्न व्याङ्ग्यनिबन्धसङ्ग्रह ‘कट्टु’को भूमिका रहने ईरानराईले बताए । तेस्रो संस्करणसम्मको सफलताले आफुलाई खुसी बनाएको ईरानराई बताउँछन् । पहिलो र दोस्रो संस्करण गरेर २ हजार २ प्रति पुस्तक पाठकहरूको माझमा पुगिसकेको छ । तेस्रो संस्करणमा १ हजार ५१ प्रति पुस्तक प्रकाशन भएको राईले जानकारी दिएका छन् ।

कार्यक्रममा स्रष्टा समाज, बेलबारीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङ र भाषाविद् तथा वरिष्ठ साहित्यकार आचार्य अ समीक्षक रहेका थिए । कार्यक्रममा लेखक तथा संस्कृतिकर्मी रमेशकुमार तामाङ, सङ्गीतकार भीम बस्नेत र हर्क गुरुङ, साहित्यकार गणेश लामा ‘आँसु’, बादलदेवी चाम्लिङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्