सहिदका परिवारलाई नेकपाले गरे सम्मान : रक्तदान कार्यक्रम सम्पन्न


बेलबारी , फाल्गुन ७ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर पार्टी संयन्त्र बेलबारी मोरङले जनआन्दोलन र जनयुद्धका सहिदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


जनआन्दोलन र जनयुद्धका सहिदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली कार्यक्रममा सहिदका परिवारलाई सम्मान गरेको छ । पार्टी एकीकरण पछि जनआन्दोलन र जनयुद्धमा सहित भएका परिवारको साथै बेलबारीको सपना गुरुङ हत्या काण्डमा सहिद भएका परिवारलाई पनि संयन्त्रले सम्मान गरेको थियो ।

तत्कालीन शाही नेपाली सेनाले बलात्कार गरी हत्या गरिएकी सपना गुरुङ परिवार तथा अन्य घट्नामा सहिद भएका सुनिता ऋषिदेव,अनिल गुरुङ, दुर्गाराज राई,बाबुराम श्रेष्ठ, रुद्रबहादुर राई, गोविन्द गिरी,शिवनारायण भगत, डम्बरलाल मिथुन कुर्मी, तिलकराम चौधरी,विजय कार्की,राजेन्द्र गौतम,इन्दिरा नेपाली, कमल खड्का दिवस, वरुण पोखरेललाई सम्मान गरिएको थियो । १५ जना सहिदहरूलाई मरणोप्रान्त सम्मान गरिएको छ ।


कार्यक्रममा नेकपाका प्रदेश नम्बर १ सह इन्चार्ज सावित्री कुमार काफले,केन्द्रीय सदस्य विनोद ढकाल, गोपी आछामि, प्रदेश सांसद राजकुमार ओझा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रदेश कमिटी सदस्य डी पी राई गीता तिम्सिना, विनीता घिमिरेले सहिदका परिवारलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

जनआन्दोलन र जनयुद्धका क्रममा ज्यान गुमाएका बेलबारी नगरपालिका भित्रका व्यक्तिहरूको खोजी गरी विवरण सङ्कलन गरेर सम्मान गरिएको नेकपा नगर पार्टी संयन्त्र बेलबारी मोरङका संयोजक इरान राईले जनाए ।

बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा नेकपा प्रदेश नं. १ का सह इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्यहरू गोपी अछामी, विनोद ढकाल लगायतले सहिदका परिवारहरूलाई सम्मानपत्र प्रदान गर्नुको साथै दोसल्ला बढाएर सम्मान गरेका थिए ।

रक्तदान कार्यक्रम : एक व्यक्तिले ४३ प्रिन्ट रगतदान

प्रजातन्त्र दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर संयन्त्र कमिटी बेलबारीले रक्तदान कार्यक्रम गरेको छ ।


रक्तदान कार्यक्रममा १ सय १ पाउन्ड रगत सकल्न भएको छ । रक्तदान गर्न आएका रक्तदाताहरु मध्य एक व्यक्तिले ४३ पटक रक्तदान गरेका थिए । बेलबारी १ निवासी गजेन गुरुङले मङगलबारको रक्तदान कार्यक्रममा सहभागी भएका रत्तदाता मध्य ४३ पटक रक्तदान गर्ने व्यक्ति उनी मात्र थिए ।


रक्तदान गर्दा उनको स्वाथ्यलाई धेरै राम्रो भएको र कसैको ज्यान आफूले गरेको रगतबाट बच्न सक्ने भएकोले मनमा शान्ति मिल्ने भएकोले रक्तदान गरी रहेको गुरुङ बताऊ छन् । उनी भन्छन्, जीवन भरिमा १०० प्रिन्ट भन्दा धेरै रक्तदान गर्ने छु, रक्तदान गर्दा स्वाथ्यलाई खराब गर्छ भन्ने मानिसहरू भ्रममा रहने गर्छन् तर यसले मलाई स्वाथ्य राम्रो बनाएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर ९ डाँगा बजारमा रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोग रहेको थियो ।


रक्तदान कार्यक्रम नेकपाका प्रदेश नं. १ का सह–इन्चार्ज सावित्री कुमार काफलेको प्रमुख आतिथ्यमा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर पार्टी संयन्त्र, बेलबारी मोरङका संयोजक इरान राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्