कांग्रेसद्धारा तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग


काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस्’ कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ ।

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । अध्यादेश जारी भएपछि कांग्रेसले ओलीले बोलाएको संवैधानिक परिषद वैठकमा समेत उपस्थित भएको छैन ।

प्रतिक्रिया दिनुहोस्