विद्युतबाट आगलागी हुँदा एक ज्येष्ठ नागरिकको मृत्यु


सप्तरी, ३ पुस । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा आज बिहान आगलागी हँुदा एक ज्येष्ठ नागरिकको मृत्यु हुनुको साथै रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको छ ।

मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताएका छन् ।

अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको साहले बताए ।नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताए ।

प्रतिक्रिया दिनुहोस्