लायन्स कलबद्धारा मिर्गौला पीडित गिरीलाई रु.१७ हजार सहयोग


बेलवारी,३ पुस । लायन्स कलब बेलवारीले प्रविन बचाउ अभियानमा आज (शुक्रवार) बिहान मिर्गौला पीडित प्रविन गिरीलाई रु.सत्र हजार रकम सहयोग प्रदान गरेका छन् । सो रकम लायन्स क्लबका अध्यक्ष खेम गौतमले हस्तान्तरण गरेको हो ।

बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै आईरहेका छन् ।

प्रविन गिरी बचाउ अभियानका अगुवा राईले सहयोग गर्नु हुने लायन्स कलब लगाएत सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्