सन्तोष बने ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उप-विजेता


काठमाडौं,३ पुस । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उप-विजेता बनेका छन् । ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उपाधि पाउनबाट वञ्चित भए पनि नेपालीहरूको लागि यो ठुलो उपलब्धि भएको छ। बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् भने सन्तोष उप-विजेता भएका हुन् ।

३२ जना प्रतियोगी सहभागी यो प्रतियोगिताको ग्राण्ड फिनालेमा पुग्नुलाई नै सन्तोषको उपलब्धि मानिएको छ । यो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली पनि हुन् । ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जितेका थिए ।

उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।त्यसका साथै सन्तोषले नेपाली भेषभूषालाई पनि विश्वसामु चिनाउने प्रयास गरेका थिए । उनले प्रतियोगितामा नेपालीलाई चिनाउने ढाका टोपी र भादगाउँले टोपी पनि लगाएका थिए । बिहीबारको ग्राण्ड फिनालेमा सन्तोष ढाका टोपीमा सजिएका थिए । उनीबारे तयार पारिएको सामग्रीमा उनले नेपालको राष्ट्रिय झण्डासमेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्