इन्द्रपुर जेसिजको अध्यक्षमा कृष्णप्रसाद ओझा निर्वाचित


सुन्दरहरैंचा, १२ पुष। मोरङको सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको १९ औँ वार्षिक साधारण सभाबाट वर्ष २०२१ को अध्यक्षमा कृष्णप्रसाद ओझा निर्वाचित भएका छन्। ओझाले अध्यक्ष पदका उम्मेदवार भवानी ढकाललाई ७४ मत ल्याएर पराजित गरेका हुन ।

निर्वाचनमा १ सय ६ जना जेसिजको सहभागिता रहेको थियो । जसमा ६ मत बदर हुँदा जम्मा १०६ मत खसेको थियो । खसेको मतमा ओझालाई ७४ मत तथा ढकाललाई २६ मत प्राप्त भएको थियो । वर्ष २०२१ को लागि कार्यकारिणी उपाध्यक्षमा उज्ज्वल थापा, टेकमणि न्यौपाने रहेका छन् ।

उपाध्यक्षहरूमा उत्सव थापा, युजिन आचार्य, प्रभा ढकाल, लोकप्रसाद भट्टराई, सचिवमा एलिस ओझा तथा जनसम्पर्क अधिकारीमा गोपाल दाहाल चयन भएका छन् । यस अघि वर्ष २०१७ मा प्रथम पटक इन्द्रपुर जेसिजमा निर्वाचनका माध्यायमबाट नेतृत्व चयन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्