द्रव्य ब्यान्डको “आँसुले” बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक


मोरङ, १७ पुस। बेलबारीको द्रव्य ब्यान्डको “आँसुले” बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार बेलबारी वडा नं. ३ स्थित ड्रिमल्यान्ड फनमा अंग्रेजी नयाँ वर्षको अवसरमा भएको “न्यु ईयर ईभ २०२१” कार्यक्रममा ब्यान्डले म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा म्युजिक भिडियोको सार्वजनिक गरिएको छ । कार्यक्रममा शुभकामना प्रदान गर्दै सुवेदीले द्रव्य ब्यान्डले सङ्गीत क्षेत्रको विकासमा थप योगदान पुर्‍याएको बताए । युवाहरूको सृजनशील कार्यमा नगरपालिकाको सधैँ सहयोग रहने सुवेदीले बताएका छन् ।

द्रव्य ब्यान्डका अनुसार “आँसुले” गीत हाल अस्ट्रेलियामा अध्ययनरत बेलबारीका आशिस राईले रचेको हुन । ब्यान्डमा भोकलिष्ट टिकाहाङ लिम्बुसहित ५ सदस्य रहेका छन् । गिटारमा अभय थापा मगर, सुरज तामाङ, करण गुरुङ र ड्रममा सञ्जय गुरुङ रहेका छन् ।

ब्यान्डका म्यानेजर हरि गुरुङको संयोजकयतामा सम्पन्न “न्यु ईयर ईभ २०२१” कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख प्रस्तुति रहेको थियो । श्रेष्ठसँगै द्रव्य ब्यान्डको पनि एकै मञ्चमा प्रस्तुति रहेको थियो ।

https://youtu.be/TKQF_QvaWuM

प्रतिक्रिया दिनुहोस्