बेलबारी रातो क्वाटरफाइनलमा प्रवेश : स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता


मोरङ, १९ पुस । बेलबारीमा जारी स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा आयोजक बेलबारी फुटबल क्लब (रातो) ले लेटाङ फुटबल क्लबलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बेलबारीले लेटाङलाई २–० गोलको अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको खेल गोल विहीन सकिएको थियो भने दोस्रो हाफमा बेलबारीका विक्रम धिमालले र विवेक पौडेलले गोल गरेर क्वाटर फाइनलको यात्रा सुनिश्चित गरेका छन् । विक्रमले ४७ औँ मिनेटमा गोलको खाता खोलेका थिए भने ६७ औँ मिनेटमा विवेक थप गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच बेलबारीका विवेक नै घोषित भएका छन् । विवेकले रु.२ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । आयोजकका अनुसार भोलि सोमबारको क्वाटर फाइनल खेल पथरी शनिश्चरे एफसी, पथरी र रारा एफसी, धनकुटा बिच हुने छ।

(लेटाङ फुटबल क्लब टिम )
(बेलबारीका विवेक पौडेल )

प्रतिक्रिया दिनुहोस्