आगोबाट घाइते ४० वर्षीया महिलालाई नगरपालिकाको रु.२० हजार सहयोग


उत्तम पोख्रेल – बेलबारी / मोरङको बेलबारी २ मा एक साताअघि राति उज्यालोका लागी बालेको कुपीबाट सल्किएको आगोबाट जलेर घाइते भएकी एक महिलाको उपचारका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

कुपिको आगोबाट जलेर घाइते भएकी ४० वर्षीया भौली ऋषिदेवलाई उपचारका लागि नगरपालिकाले २० हजार सहयोग गरेको छ । केही दिन अघि राति कुपिमा मट्टितेल लगाउने क्रममा आगो सल्किदा उनी जलेर घाइते भएकी थिइन ।

उनको उपचारमा समस्या भएपछि मेयर ज्ञानेन्द्र सुवेदीले आफै चासो देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्