सरकारलाई दवाद दिन दृष्टि विहीन उदशसहित इन्द्र र नीरज पदशान्तियात्रा गर्दै


बेलबारी, २४ पुस । पुस २ गते देखी प्रदेश १ का ४ जनाले मेची महाकाली पदशान्ति यात्रा सुरु गरेका छन् । ह्वाईट क्यान मेची महाकाली पदशान्तियात्रा नाम दिएर उद्श तामाङ, इन्द्र कुमार लिम्बु, नीरज बस्नेत र नाम्जा भोटे मेची महाकाली पदशान्ति यात्रामा निस्केका हुन ।

उदशले दुईवटै आँखा देख्दैनन् भने इन्द्रले एउटा मात्रै आँखा देख्छन् । उदश र इन्द्र धरानका हुन र नीरज विराटनगरका हुन । नाम्जा भने सखुवाशभाका हुन । सरकारले काला पानी, लिपुलेख समेटेर नक्सा जारी गरे पनि कार्यान्वयनमा नल्याएकाले दबाब दिनका लागि पद शान्तियात्रा थालिएको नीरजले बताए । ७ सय ३० दिनमा ७ सय ५३ वटै स्थानियतह तथा कालापानी, लिपुलेख घुम्ने योजना रहेको उनले बताए ।

केही दिनपछिनै प्रधानमन्त्री केपी शर्मा ओलिाई भेटेर हामीले पुगेका ठाउँ बाट आएका सुझावहरू दिने नाम्जाले बताए । गौतम बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै पनि भारतले पटक पटक दाबी गरेकोले बुद्ध नेपालमै जन्मेको हुन भनेर प्रचार गर्न खोजिएको समेत उनहिरुले बताएका छन् ।  उनीहरू ढाका टोपी लगाएर नेपालको झन्डा बोकेर मेची महाकाली यात्रामा निक्लेका हुन ।

उनीहरूलाई बेलबारी नगरपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बिहीबार स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्