बेलबारी नगरपालिकाको न्यायिक समितिद्वारा ३ वर्षमा १ हजार ८ सय विवाद निरूपण


बेलबारी, २४ पुस । बेलबारी नगरपालिकाको न्यायिक समितिले साढे तीन वर्षको अवधिमा आम विकास निर्माणका कामसँगै नगरपालिकाको एक हजार आठ सय विवाद निरूपण गरेको छ । बेलबारी नगरपालिका र दुहबी नगरपालिकाबिच न्यायिक क्षेत्रबारे बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा एक हजार आठ सय मुद्दाहरू किनारा लगाइसकेको जानकारी गराएकी हुन ।

कार्यक्रममा न्यायपालिकाद्वारा भएको सफल गतिविधि तथा अभ्यासमा रहेको कार्यबारे अनुभव आदानप्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले नगरपालिकाले विधि पद्धतिमा रहेर इमानदारीपूर्वक न्याय सम्पादन गरे मात्र समृद्ध समाज निर्माण हुने बताए ।

बेलबारी नगरपालिकाको न्यायिक समितिको न्याय सम्पादन कार्य उत्कृष्ट रहेको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहले बताइन । बेलबारी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक ढाका कुमारी पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्