उद्घाटनमा लेटाङ विजयी, आज डाँगीहाट र तालतलैया भिड्दै : माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिता


बेलबारी, २५ पुस । नेपाल मगर संघ बेलबारी १ नक्सलबारीको आयोजनामा सुरु भएको माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल क्लब, मोरङ विजयी भएको छ ।

बेलबारी वडा नं. १ स्थित नक्सलबारी खेलमैदानमा शुक्रवार भएको उद्घाटन खेलमा लेटाङले आयोजक टिम नक्सलबारी फुटबल क्लबलाई ३–० गोलको अन्तरले पराजित गरेको हो । खेलको ४२ औँ मिनेटमा लेटाङका खेलाडी विजय भुजेलले गोलको खाता गोलेका थिए ।

लेटाङका खेलाडी भुवन राईले ५७ औँ मिनेटमा र ६२ औँ उमेश कार्कीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेटाङका विजय भुजेल घोषित भए । आयोजक टिम नक्सलबारीले कुनै गोल गर्न नकस्दा प्रतियोगिताको उद्घाटन खेलसम्म मात्र चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताको दोस्रो दिनको खेल शनिवार भने डाँगीहाट फुटबल क्लब र तालतलैया फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु.५१ हजार प्राप्त गर्ने छ भने उपविजेताले ४१ हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्