पाथीभरा महिला समाजको साधारण सभा सम्पन्न


मणिराम दाहाल – सुन्दरहरैंचा, २५ पुस। मोरङको सुन्दरहरैंचा १० स्थित पाथीभरा स्वतन्त्र महिला समाजको चौथो वार्षिक साधारण सभाले कल्पना दाहालको अध्यक्षतामा नौ जनाको नयाँ कार्य समिति चयन गरेको छ । स्थानीय गोकुलम रिसोर्टमा भएको साधारण सभाले समाजको उपाध्यक्षमा सुनिता पोखरेल ढकाल , सचिव योजना शर्मा ढकाल , सहसचिव जानुका थापा , कोषाध्यक्ष प्रमीला खड्का तथा सदस्यहरूमा बिन्दा दाहाल , सज्नु रेग्मी , सावित्री पोखरेल तथा विमला अधिकारी रहेका छन् ।

कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी निवर्तमान अध्यक्ष प्रमीला दुलालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उनले आफ्नो प्रतिवेदनका क्रममा महिला दिदी बहिनीहरूको सहभागितामा सामाजिक काम गर्दै क्षमता विकासका लागी महिला समाजको स्थापना भएकोले यस समाजबाट विभिन्न किसिमका सेवा मूलक कार्यक्रमहरू गर्ने गरिएको जानकारी गराइन । उनले आफ्नो कार्यकालमा दुःखी महिला परिवारलाई सहयोग , न्यानो कपडा तथा फलफूल वितरण , कोभिड १९ को महामारीमा खाद्यान्न सहयोग , हावाहुरी पीडितलाई राहत, आगो लागि पीडितलाई सहयोग तथा बाढी पीडितलाई सहयोग लगायतका कार्यक्रम गर्न सफल भएको बताइन् ।

महिला समाजको साधारण सभामा निवर्तमान अध्यक्ष प्रमीला दुलालले करिब २५ हजार मूल्य बराबरको आँप , लिची , कागती , ड्रागनफुड , अम्बा लगायतका २ सय १० वटा फलफूलका बिरुवा महिला समाज परिवारलाई मायाको चिनो स्वरूप आफ्नो निजी लगानीमा वितरण गरेकी थिइन् । यस कार्यबाट प्रभावित बनेर फलफूलका बिरुवा दिने दाताको प्रशंसा गर्दे निस्स्वार्थ रूपमा समाजसेवा गर्नु पर्दो रहेछ भन्ने प्रेरणा समेत आफूहरूलाई प्राप्त भएको समाजका सदस्यहरूले बताएका छन् ।

कार्यक्रममा समाजकी कोषाध्यक्ष योजना शर्मा ढकालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा पाथीभरा महिला समाजको कामलाई मन पराएर थप भएका नयाँ २२ जना महिला सदस्यहरू लाई अबिर र खादा लगाएर स्वागत सम्मान गरिएको थियो । हाल यस समाजमा करिब १ सय ४० जना महिला सदस्यहरू रहेका छन् । महिला समाजको साधारण सभाको कार्यक्रममा पिकनिक खाने कार्यक्रम समेत गरिएको थियो । सो पिकनिकको कार्यक्रममा आफ्ना दुःख पीडा भुलेर महिला दिदिबहिनीहरुले रमाइलो गरी नाचगान समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्