स्व.संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको राराले चुमे (फोटो फिचर)


बेलबारी, २५ पुस । बेलबारी फुटबल क्लबको आयोजनामा भएको स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधिको विजेता रारा फुटबल क्लब राजारानी, धनकुटा भएको छ । धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

शनिबार बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी फुटबल रंगशालामा धनकुटा र झापा बिचको खेल निकै रोमाञ्चक भएको थियो । दुवै टिमले उपाधि हात पार्न उत्कृष्ट खेल खेलेका थिए । तर निर्धारित समय भित्र दुवै टिमबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगिए पछि टाइब्रेकर भएको थियो ।

टाइब्रेकरमा धनकुटाको तर्फबाट बुद्ध चेम्जोङ, उमेश कार्की, सुनिल खड्का र सूर्य अधिकारीले गोल गरे । झापाबाट भने प्रमोद चौधरी, एन्जल गुरुङ र शिशिर लेखीले गोल गरे । धनकुटाका रुपेश केसी, झापाका विशाल दर्जी र संजित राईले भने गोल गर्न सकेनन् ।

फाइनल खेलको म्यान अफ दि म्याच धनकुटाका प्रवेश दनुवार घोषित भए । उनले ट्रफीसहित नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरेका छन् । उत्कृष्ट गोल किपर सूर्य अधिकारी घोषित भए । अधिकारीले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरेका छन् । उत्कृष्ट मिडफिल्डर उमेश कार्की घोषित भएका छन् । कार्कीले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।


वेस्ट फर्वाड धनकुटाका सुनिल खड्का घोषित भएका छन् । उनले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरेका छन् । उत्कृष्ट प्रशिक्षकमा रारा धनकुटाका प्रशिक्षक सुक्पाल च्याम्जोङ घोषित भएका छन् । उनले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।

झापाका सनजित राई उत्कृष्ट डिफेन्स घोषित भएका छन् । उनले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरे । वेस्ट राइजिङ प्लेयर बेलबारी फुटबल क्लबका हुइलसन गिरी घोषित भएका छन् । गिरीले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।


शिशिर लेखी प्रतियोगिताको सर्वाधिक गोल कर्ता घोषित भएका छन् । लेखीले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी एन्जल गुरुङ घोषित भएका छन् । उनले ट्रफीसहित नगद पुरस्कार रु.७ हजार ७ सय ७७ प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद पुरस्कार रु.५१ हजार ५ सय ५५ प्राप्त गरेको छ भने उपविजेताले रु.३३ हजार ३ सय ३३ प्राप्त गरे । प्रतियोगिताको आजको समापन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा समापन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सुवेदीले खेलकुद विकासको लागि सधैँ नगरपालिकाको सहयोग रहने बताएका छन् ।


कार्यक्रम संयोजकको भूमिका बेलबारी फुटबल क्लबका सदस्य शंकर सुवेदीले निर्वाह गरे भने उद्घाटन देखी समापन सम्मको उद्घोषण क्लबका खेलाडी सुमन श्रेष्ठले गरेका थिए । प्रतियोगिता क्लबका अध्यक्ष रसिन लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्