प्रचण्ड–माधव पक्षको पार्टी आधिकारिक हो, चुनाव चिन्न ‘सूर्य’ हाम्रो हो : नेकपा केन्द्रीय सदस्य काफ्ले


बेलबारी, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश न.१ का सह इन्चार्ज सावित्री कुमार काफ्लेले ‘सूर्य’ चुनाव चिन्न प्रचण्ड–माधव पक्षले प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

शनिवार बेलबारी ३ स्थित मदनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा भएको नगर स्तिरिय वृहत् कार्यकर्ता भेलामा काफ्लेले निर्वाचन आयोगले ‘सूर्य’ चुनाव चिन्न प्रचण्ड–माधव पार्टीलाईनै प्रदान गर्ने बताएका हुन । प्रचण्ड–माधवको मात्र आधिकारी नेकपा भएको काफ्लेले दाबी गरेका छन् ।

प्रतिगमनका विरुद्ध आदतलाले संसद् पुनर्स्थापना गरेर न्याय दिनेमा पनि विश्वस्त रहेको उनले बताए । सडकमा आन्दोलित जनताको आवाजको सम्बोधन हुने काफ्लेले बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतले ओलीको असंवैधानिक कदम विरुद्ध सबै कार्यकर्ता एक भएर देश बचाउन लागि पर्न आग्रह गरेका छन् ।

प्रतिगमनका विरुद्ध नगर स्तिरिय वृहत् कार्यकर्ता भेला नेकपा नगर कमिटीका अध्यक्ष पर्शुराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्