बेलबारी ६ मा सेल्फी पुलको उद्धघाटन


बेलबारी, २६ पुस । बेलबारी नगरपालिकाको वडा नं. ६ मा सेल्फी पुलको उद्घाटन भएको छ । आइतबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पुलको उद्घाटन गरेका हुन ।

मेयर सुवेदीले रिविन काटेर र गाडी आफै चलाएर पुल पार गर्दै उद्घाटन गरेका छन् । कुल लागत रु.५ लाख ९७ हजार ८ सय ९१ म निर्माण सम्पन्न पुलमा बेलबारी नगरपालिकाले रु.५ लाख ३० हजार सहयोग गरेको र रु.६७ हजार ८ सय ९१ बरबरको स्थानीय जनसहभागिता रहेको धैती काठेपुल मर्मत उपभोक्ता समितिका अध्यक्ष इन्द्रकुमार मगर जानकारी दिएका छन् ।


कार्यक्रममा मेयर सुवेदीले दुर्गम वडाहरूलाई उच्च प्राथमिकता राखेको बताए । विकास निर्माणका कार्यसँगै स्थानीयको आर्थिक स्तर उन्नतिको लागि बिना धितो २ प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान गर्ने नगरपालिकाको कार्यक्रम बारे पनि स्थानीयलाई जानकारी गराए ।

फलामको पुल निर्माण हुँदा स्थानीयलाई आवतजावतको लागि सहज भएको छ । ध्यैते खोला तर्न निर्माण गरिएको काठको पुल हुँदा काठे पुल भनिने अहिले स्थानीयले उक्त पुलको नाम सेल्फी पुल राखेका छन् ।


रङ्गिचङ्गी सुन्दर पुलले स्थानीय युवा युवतीलाई आकर्षित बनाएको छ । निर्माण सम्पन्नसँगै युवा युवतीहरू पुलमा सेल्फी फोटो खिच्न आउने भएकोले सेल्फी पुल नामकरण गरिएको स्थानीय युवा अनिल राई बताउँछन् । कार्यक्रम बेलबारी वडा नं. ६ का अध्यक्ष उदय राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

https://youtu.be/MgbAeZl-Fp4

प्रतिक्रिया दिनुहोस्