खेलकुद महासंघ मोरङमा गौतम

मोरङ, २६ पुस । खेलकुद महासंघ मोरङका अध्यक्षतामा सुजय गौतम चयन भएका छन् । सुजय गौतमको नेतृत्वमा ४१ सदस्य खेलकुद महासंघको गठन गरिएको छ ।
महासंघको उपाध्यक्ष हेमन्त सुवेदी, सचिव द्वारीका रेग्मी सहसचिव राम लिम्बु, र कोषाध्यक्ष गंगा चौधरी रहेका छन् ।

खेलकुद महासंघ नेकपाको भातृ संगठन हो । पूर्व एमाले हुँदा समेत माधव नेपाल पक्षको वर्चस्व महासंघमा रहने गरेको थियो । खेलकुद महासंघमा नेपाल पक्षको वर्चस्व रहेपछि ओली समूहले मदन भण्डारी स्पोटिङ क्लब गठन गरेर चलाउने गरेका थिए ।

माधव समूहले भने पूर्व माओवादी सहित खेलकुद क्षेत्रका खेलाडी तथा जानकारहरूलाई समेटेर समूह निर्माण गरेको छ । माधव प्रचण्डले विभिन्न भातृ संगठनहरुलाई सक्रिय बनाइरहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी मोरङ सचिव गणेश उप्रेती, प्रदेश सभा सदस्य कुशल लिम्बु लगायतको उपस्थितिमा खेलकुद महासंघको समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्