इटहरी शाखाद्वारा नेशनलका अभिकर्ताहरुलाई सम्मानित


इटहरी, २७ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखाले शनिवार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट बिमा अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आ.व.०७६,०७७ मा इटहरी शाखाबाट व्यक्तिगत तथा सञ्जालबाट उत्कृष्ट बिमा व्यवसाय गर्ने तीन तीन जना अभिकर्ताहरुलाई एक कार्यक्रम गरी सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

इटहरीको पाथीभरा होटेलमा संञ्चालन भएको अभिकर्ता भेलामा इटहरी शाखाबाट व्यक्तिगत तर्फ प्रथम दोस्रो र तेस्रो हुने अभिकर्ताहरु क्रमशः मन्दिरा कार्की, जसमाया लिम्बू र तुलसी थापा सम्मानित भएका छन् । त्यसै गरी सञ्जाल तर्फ प्रथम हुने सुशन चेली राई, दोस्रो हुने जसमाया लिम्बू र तेस्रो हुने किशन शाहीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयका विभागीय प्रमुख विवेक शर्मा र एक नं. प्रदेश प्रमुख नरेन्द्र राईले पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा पथरी शाखाबाट व्यक्तिगत र सञ्जालबाट उत्कृष्ट हुने तीन तीन जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा आ.व.०७७ को श्रावण देखि मंसिर सम्म उत्कृष्ट हुने अभिकर्ताहरु, मेलिनियम डलर राउन्ड टेबल (एमडिआरटी)मा पर्न सफल मन्दिर कार्कीलाई पनि सम्मान गरिएको थियो ।

त्यसै गरी आ.व.२०७६,०७७मा इटहरी शाखाबाट हरेक महिना उत्कृष्ट हुने ५ जना अभिकर्तालाई पनि प्रमाण र उपहार सहित सम्मान गरिएको थियो । पुरस्कार तथा सम्मान कार्यक्रम पछि अभिकर्ताहरुलाई उत्प्रेरणा जगाउन प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा,विराटनगर शाखा प्रमुख डम्बर श्रेष्ठ,पथरी शाखा प्रमुख रवीन्द्र लिंग्दम ,दमक शाखा प्रमुख सुमन राई,इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको आतिथ्य रहेको थियो । कार्यक्रममा २ सय बढी अभिकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्