कृषकसँग उपप्रमुख कार्यक्रम सम्पन्न


बेलबारी, २९ पुस । बेलबारीमा नगरपालिका वडा नं. ९ मा कृषकसँग उपप्रमुख कार्यक्रम सम्पन्न भएको छ । बेलाई गाउँ कृषक समूह, प्रगति टोल कृषक समूह, धिमाल टोल कृषक समूह बेलबारीको संयुक्त आयोजनामा वडा ९ स्थित बेलाई गाउँमा सो कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख ढाका कुमारी पराजुलीले बेलबारी नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर कृषकको आर्थिक समृद्धको उद्देश्यमा उत्कृष्ट कार्यक्रमहरूलाई बिना धितो २ प्रतिशत ब्याजमा सहुलियत ऋण कार्यक्रम, विभिन्न अनुदानका कार्यक्रम ल्याएको जानकारी गराए । नगरपालिकाको कार्यक्रम स्थानीय जनताको लागि नै भएकोले सो सुविधाबाट वञ्चित नहुन आग्रह पनि गरेकी छिन ।


बयर बाख्रा वितरण कार्यक्रम लगायत वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै केही गर्न चाहने युवाहरूको लागि पनि नगरपालिकाको कार्यक्रम रहेको पराजुलीले जानकारी दिइन । कार्यक्रममा महिला दिदी बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तरक्रिया पनि भएको थियो । अन्तरक्रियामा कार्यक्रममा उपस्थित सबैले नगरपालिकाले ल्याएको कृषि तथा पशुपालन कार्यक्रम सम्बन्धी चासो प्रकट गरेका थिए । बिना धितो २ प्रतिशत ब्याजमा सहुलियत ऋण कार्यक्रमबारे भने कार्यक्रममा उपस्थित सबलाई बढी चासो रहेको थियो ।

कृषि गरौँ रोजगार बनौँ भन्ने मूल नाराका साथ बेलाई गाउँ कृषक समूह अध्यक्ष ललिता राईको अध्यक्षतामा कार्यक्रम  सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्