प्रदेश १ मा ३४ जना डिस्चार्ज : २५ जना कोरोना संक्रमित थपिए


विराटनगर, २९ पुस । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा मोरङमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र बिर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१, भोजपुरको भोजपुर नगरपालिका, ते¥हथुमको म्याङलुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ ।

प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरू सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३७२ पुगेको छ ।
प्रदेश १ मा आज ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १३ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्