इटहरी उपमहानगरद्वारा आगो बालेर ताप्नका लागि दाउरा वितरण


 इटहरी, २९ पुस । बाक्लो हुस्सु लागेर चिसो बढेसँगै इटहरी उपमहानगरले आगो बालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । आज इटहरीका विपन्न वस्तिहरूमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

विपन्न वस्तिहरूका साथै इटहरी चौक आसपास मान्छेहरू धेरै भेला हुने ठाउँमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर वस्तिहरूमा भोलि देखि कम्बल वितरण गरिने उहाँले बत्ताउनुभयो । बाक्लो हुस्सु लागे पछि चिसोले जनजीवन प्रभावित भएको छ । बजारमा चहल पहल कम देखिन्छ ।

ज्येष्ठ नागरिक बालबालिका र श्रमिक वर्ग बढी प्रभावित भएका छन् । हुस्सु र सितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्