बेलबारी १ मा मगर बौद्ध गुम्बा भवनको शिलान्यास


बेलबारी, १ माघ । बेलबारी १ मा मगर बौद्ध गुम्बा भवनको शिलान्यास भएको छ । नेपाल मगर संघ, बेलबारी १, नक्सलबारीको आयोजनामा भएको माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको समापन कार्यक्रम तथा माघे संक्रान्तीको अवसरमा गुम्बाको शिलान्यास भएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गुम्बाको शिलान्यास गरेका छन् । पुस २४ गते देखि सुरु भएको प्रतियोगिता आज बिहीबार समापन हुने छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु.५१ हजार प्राप्त गर्ने छ भने उपविजेताले ४१ हजार प्राप्त गर्ने छ । जारी फाइनल खेल सतिसाले युनियन केराबारी मोरङ र विराटनगर फुटबल क्लब मोरङ बिच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्