हात्तीपाइले रोगको औषधी खुवाउने अभियान : फागुन १५ देखि सुरु


बेलबारी / हात्तीपाईले रोग मुक्त नगर बनाउनको लागि मोरङको बेलबारी नगरपालिकाले आगामी फागुन १५ देखि आठौँ पटक हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ ।


हात्तीपाइले विरुद्ध अभियान चलाईरहेपनि केही ब्यात्तीलाई लक्षण देखा परेको नगरपालिकाले जनाएको छ ।
टोल टोलमा गएर औषधी खुवाउँछौ मेयर ज्ञानेन्द्र सुवेदीले भने रोग लाग्नु भन्दा लाग्न नदिने गरी औषधी सेवन गरौँ ।

बेलबारीका ६६ हजार २ सय ३६ जनालाई औषधी वितरण गर्ने गरी योजना बनाएको स्वास्थय संयोजक सन्तोष विश्वकर्माले बताए । उनले २ वर्ष भन्दा मुनिका बालबालिका गर्भवती महिला सात दिनका सुत्केरी तथा सिकिस्त बिरामी बाहेकको सबैले औषधी सेवन गर्न मिल्ने समेत उनले बताए ।
नगरपालिकाले सो अभियानमा ५० जना भन्दा बढी स्वास्थय कर्मी परिचालन गर्ने जनाइएको छ । प्रदेश नम्बर १ का झापा, मोरङ,इलाम तथा धनकुटामा आठौँ पटक औषधी खुवाईदै छ ।

प्रतिक्रिया दिनुहोस्