सुन्दरहरैचामा भेट्रान नकआउट फुटबल प्रतियोगिता सुरु : उद्घाटनमा झापा र विराटचौक विजयी


सुन्दरहरैचा, २ माघ । विराट भेट्रान विराटचौकको आयोजनामा तेस्रो प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७७ सुरु भएको छ । इन्द्रपुर नगरपालिकाका उपप्रमुख धनमाया तामाङद्वारा प्रतियोगिताको उद्घाटन भएको हो ।


इन्द्रपुर १२ स्थित शुक्रबारे खेलमैदानमा शुक्रवार भएको उद्घाटनको दुई खेलामा दमक भेट्रान लखनपुर, झापाले पहिलो खेलमा जित हासिल गरेको छ भने दोस्रो खेलमा आयोजक टिम विराट भेट्रान विराटचौक विजयी भएको छ । राष्ट्रिय टिमका पूर्व खेलाडी जुमानु राईले पनि झापाबाट खेल्दै छन् ।

(दमक भेट्रान लखनपुर, झापा निलोमा र मर्निङ भेट्रान विराटनगर रातोमा)

पहिलो खेल झापा र मर्निङ भेट्रान विराटनगर टिम बिच भएको थियो । झापाले विराटनगरलाई २–१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा भने आयोजक टिमले जनता भेट्रान, इटहरीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ ।

(आयोजक टिम विराट भेट्रान विराटचौक)

पहिलो खेलको म्यान अफ दि म्याच झापाका पुष्कर धिमाल घोषित भए । धिमालले एक हजार रुपैयाँ प्राप्त गरेका छन् । दोस्रो खेलको म्यान अफ दि म्याच आयोजक टिमका बुद्ध लिम्बु घोषित भएका छन् । बुद्धले पनि एक हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

(जनता भेट्रान, इटहरी)

प्रत्येक दिन २ खेल हुने आयोजकले जनाएको छ । भोलिको पहिलो खेल एभरेष्ट भेट्रान भाउन्ने र हाम्रो भेट्रान इटहरी बिच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल धरान भेट्रान र शिवसतासी भेट्रान, धरमपुर बिच हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्