इटहरी र धरान क्वाटर फाइनलमा प्रवेश : प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता


सुन्दरहरैचा, ४ माघ । विराट भेट्रान विराटचौकको आयोजनामा सुन्दरहरैचामा जारी प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगितामा हाम्रो भेट्रान इटहरी र धरान भेट्रान क्वाटर फाइनलमा पुगेको छ । शनिवार भएको दोस्रो दिनको पहिलो खेलमा इटहरीले ४–० गोलको अन्तरले एभरेष्ट भेट्रान भाउन्नेलाई पराजित गरेको छ भने धरानले शिवसतासी भेट्रान, धरमपुरलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो ।

खेलको ४ मिनेट नपुग्दै इटहरीका खेलाडी सुमन लिम्बुले पहिलो गोल गरेका थिए । तीर्थ बहादुर लिम्बुले १ मिनेटको फरकमा नै दोस्रो गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको २ मिनेट नपुग्दै तीर्थले थप एक गोल गरेका थिए । खेलको ३२ औँ मिनेटमा तीर्थद्वारा भएको थप गोलले इटहरीलाई क्वाटर फाइनल प्रवेशको नजिक पुराएको थियो । खेलको ६२ औँ मिनेटमा इनजुरी टाइममा लीला राना मगरले गोल गर्दै जित सुनिश्चित गरेको थियो । इटहरीले भारी गोल अन्तरले भाउन्नेलाई पराजित गरेको छ ।

धरानका तर्फबाट पदम राई, दिल्लीराम, लक्ष्मी याक्खाले गोल गरेका थिए भने शिवसतासीका शैलेन्द्र चापागाईँले गोल गरेका थिए । पहिलो खेलको म्यान अफ दि म्याच इटहरीका तीर्थ बहादुर लिम्बु घोषित भए । दोस्रो खेलको म्यान अफ दि म्याच धरानका प्रेम घिमिरे घोषित भए । घोषित म्यान अफ दि म्याच खेलाडीले नगद पुरस्कार एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

तेस्रो दिनको पहिलो खेल हाम्रो भेट्रान इटहरी र झापा भेट्रान बिच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल धरान भेट्रान र काँकडभिट्टा भेट्रान बिच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्