आज इटहरी भर्सेस झापा र धरान भर्सेस काँकडभिट्टा भिड्दै : प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता


सुन्दरहरैचा, ४ माघ । सुन्दरहरैचामा जारी प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल हाम्रो भेट्रान इटहरी र झापा भेट्रान बिच प्रतिस्पर्धा हुँदै छ । दोस्रो खेल धरान भेट्रान र काँकडभिट्टा भेट्रान बिच प्रतिस्पर्धा हुँदै छ । आजको क्वाटर फाइनलको पहिलो र दोस्रो खेलमा सो फुटबल टिम बिच प्रतिस्पर्धा हुने भएको हो ।

शनिवार भएको दोस्रो दिनको पहिलो खेलमा इटहरीले ४–० गोलको अन्तरले एभरेष्ट भेट्रान भाउन्नेलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने धरानले शिवसतासी भेट्रान, धरमपुरलाई ३–१ गोलको अन्तरले पराजित गरेको थियो ।

काँकडभिट्टा भेट्रान र झापा भेट्रान टिम बाइको अवसर प्राप्त गर्दै क्वाटरफाइनलमा सोजै प्रवेश गरेको हो । सेमिफाइनलको यात्रा कुन कुन टिम गर्न पाउने हो आजको खेलले निर्धारण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्