मन्त्री अधिकारी सहित ६ जना हेलिकोप्टर दुर्घटनामा परे


काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली हिँडेको छ ।

ताप्लेजुङको पाथीभरा नजिक ठुलो आवाजसहित आगो बलेको सूचना स्थानीयले दिएपछि आफूहरू उद्धारका लागि दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका डियसपी सञ्जयसिंह थापाले बताएका छन् ।
एयर डाइनेस्टीको हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार भएको जनाइएको छ ।

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत रहेका थिए भने हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए । हेलिकोप्टर काठमाडौँबाट मङ्गलवार बिहान साढे ८ बजे उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्