तेस्रो प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको विजेता झापा (फोटो फिचर)


सुन्दरहरैचा, ६ माघ । सुन्दरहरैचामा जारी “तेस्रो प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता – २०७७” को उपाधि झापा भेट्रानले चुमेको छ । आज मंगलबार भएको प्रतियोगिताको फाइनलमा झापाले आयोजक टिम विराट भेट्रान विराटचौकलाई ६–१ गोलको भारी अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ ।

नरेन लिम्बुले ह्याट्रिक गरे भने रमेश गुरुङ र मित्र बस्नेतले एक एक गोल गरेर झापालाई प्रतियोगिताको उपाधि दिलाएको छ । आयोजक टिमका विष्णु सुनुवारले वनगोल गरे पछि झापाले ६ गोलको अग्रता पाएको थियो ।

खेलको १५ औँ मिनेटमा नरेनले पहिलो गोलको खाता खोलेका थिए । रमेशले १८ औँ मिनेटमा र मित्रले २६ औँ मिनेटमा एक एक गोल गरे । नरेनले थप २९ औँ मिनेट र ६६ औँ मिनेटमा २ गोल गरेर ह्याट्रिक बनाए । खेलको सुरुवात देखी नै दबाबमा रहेको आयोजक टिमले एक गोल फर्कायो । उक्त गोल प्रकाश थापाले ६८ औँ मिनेटमा गरेका हुन ।

म्यान अफ द सिरिज र सर्वाधिक गोलकर्ता झापाका नरेन लिम्बु घोषित भएका छन । प्रतियोगिताका उत्कृष्ट गोल किपर झापाका रूपक गुरुङ, उत्कृष्ट डिफेन्डर आयोजक टिमका विष्णु सुनुवार, उत्कृष्ट मिडफिल्डर आयोजक टिमका सुमन श्रेष्ठ, उत्कृष्ट फरवार्ड झापाका रमेश गुरुङ र राहुल खड्का उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । म्यान अफ द सिरिजले ३ हजार रुपैयाँ प्राप्त गरेका छन् भने उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकता, खेलको म्यान आफ दि म्याच, उत्कृष्ट प्रशिक्षकले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३० हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेका छन् । फाइनल खेल सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    (झापा भेट्रान)

समापन कार्यक्रममा वरिष्ठ फुटबल प्रशिक्षक दिलीप राईलाई विराट भेट्रान क्लबले सम्मान पनि गरेको छ । वरिष्ठ फुटबल प्रशिक्षक राईले जीवन नै खेलमा समर्पित गरे, फुटबल क्षेत्रको विकासको लागि अतुलनीय योगदान पुराएकोले सम्मान गरेको क्लबका अध्यक्ष युवेन गुरुङले बताए ।

वरिष्ठ फुटबल प्रशिक्षक राई फुटबल खेलाडीको लागि एक आदर्श रहेको अध्यक्ष गुरुङ बत्ताउँछन् । “तेस्रो प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता – २०७७” युवेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्