आदर्श लिम्बुको ह्याट्रिकले पुर्‍यायो लालभित्तीलाई फाइनलमा


विजय कार्की – मोरङ, ८ पुस । पथरी शनिश्चरेमा जारी मङ्लाबारे खुल्ला नकआउट फुटबल प्रतियोगितामा फुटबल क्लब, बेलबारी फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा लालभित्ती फुटबल क्लब, बेलबारीले धरान फुटबल क्लब, धरानलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

सुरुवाती समयबाटै आक्रामक भएको खेलमा लालभित्तीका खेलाडी आदर्श लिम्बूले पहिलो गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाएको थियो । पहिलो हाफ १–० को अवस्था मै रह्यो भने दोस्रो हाफ सुरु भएको केही समयमै पुनः लालभित्तीका आदर्श लिम्बूले गोल गरे ।

धरानका खेलाडीले निरन्तर प्रयास गरिरहँदा पनि त्यसमा लालभित्तीका किपर तथा डिफेन्डर बाधक बनेका थिए तर खेलको ५० औँ मिनेटमा धरानको तर्फबाट साज राईले गरे । लगतै लालभित्तीका आदर्शले पुनः गोल गरी आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

खेलको अन्त्य तिर धरानका सुसन लामिछानेले कर्नर किक मार्फत हेड गोल गरी खेल ३–२ मा पु¥याएका थिए । तर फाइनल प्रवेशको लागि भने पर्याप्त थिएन । खेलको म्यान अफ दि म्याच लालभित्तीका आदर्श घोषित भए ।

प्रतिक्रिया दिनुहोस्